स्वास्थ्य परीक्षण सकेर धानमन्त्री ओली आज स्वदेश फर्कदै



प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ ।

हिजो आउने भनिए पनि आज मध्यान्न साढे १२ बजे प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ जानुभएका प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।