निजा पौडेल र करिष्मा ढकालकोे ‘रातो स्कुटर’ (भिडियो सहित)



यसबर्षको हरितालीका तीज आउन अब केहि दिन बाँकी छ ।

यस बिचमा कलाकारहरु पनि निक्कै व्यस्त देखिए तीज गीत निमार्णमा । अब करिव करिव कलाकारहरुले तीज गीत सार्वजनिक गर्नेक्रम पनि अन्त्य अन्त्यमा छन् ।

यसबिचमा गायिका तथा मोडल निजा पौडेल र चर्चित मोडल करिष्मा ढकालको अभिनय रहेको तीज गीत ‘रातो स्कुटर’ सार्वजनिक भएको छ, कामना डिजिटल युट्यूव च्यानलबाट ।

श्याम अधिकारी र मिना अधिकारीको आवाजमा रहेको उक्त गीतमा निजा र करिष्माको अभिनय रहेको हो । गीतमा श्याम अधिकारी र बिनोद न्यौपानेको शब्द रहेको छ ।

बिनोद न्यौपानेले संगीत गरेका छन् । बिक्रम चौहनको निर्देशन रहेको गीतमा शुरज मल्ल र बिनोदले निजा र करिष्मालाई अभिनयमा साथ दिएका छन् ।