दाङको राजपुरमा बिषालु सर्पको टोकाइबाट दिदिबहिनीको मृत्यु



दाङको राजपुर गाउपालिकामा बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ । गाउपालिकाको वडा न.७ भौवानाका निवासी शेर बहादुर सार्की का दुई छोरीको बिषालु सर्पको टोकाइ का कारण मृत्यु भएको हो ।

शिवशक्ति माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका कक्षा ७ मा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले डसेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले जानकारी दिए ।

भौगोलिक बिकट्ता, बाटो को समस्या, सन्चार बिहिन र स्वास्थ्य सेवाको पहुच नहुदा उपचार नपाएर वालिकाको मृत्यु भएको उने बताए । घरमा सुतेको बेला सर्पले डसेको हो । गएको बर्ष पनि सोहि बिद्यालयमा अध्यनरत कक्षा ९ कि छात्रा को पनि सर्पको टोकाइका कारण अस्पताल लैजादै गर्दा मृत्यु भएको स्थानिय अमृत खड्काले जानकारी दिए ।