संसद बैठकमा आज बिभिन्न विधेयक र प्रतिवेदनहरु पेश हुने



काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज विभिन्न प्रतिवेदन तथा विधेयकहरु पेश हुने भएका छन् ।

दिउसो १ बजेपछि बस्ने बैठकमा राज्य व्यवस्थपाि तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने छ । त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “बिरुवा संरक्षण ९पहिलोसंशोधन० विधयेक, “बिउ बिजन ९दोस्रो संशोधन० विधेयक र “जीवनाशक विषादी व्यवस्थापन विधेयक माथी विचार गरियोस्” भन्ने प्रस्ताव पेश गर्नुहुने छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५ माथि छलफल गर्न र पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुहनुे भएको छ ।

यसैबीच आजै संघीय संसद अन्तर्गतकै विभिन्न समितिहरुको बैठक पनि बोलाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको बिधायन व्यवस्थापन समितिको बैठक अहिले बस्न लागेको छ ।त्यसैगरी प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक विहान १० बजे र प्रतिनिधि सभा अन्तर्गतकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक साढे दश बजे बस्ने तय भएको छ ।