सिद्धार्थ म्युच्युअल फन्ड ‘एसआईजीएस–२’ को बिक्री खुला



सिद्धार्थ म्युच्युअल फन्डले चौथो योजना ‘एसआईजीएस–२’ को बिहीबार ९आज० देखि निष्कासन तथा बिक्री खुल्ला गरेको छ । १ अर्ब ४० करोड रुपैयाँ बराबरकोे सो योजनाको बिक्री बन्द छिटोमा आगामी सोमबार बैंकिङ समयपछि हुनेछ ।

सिद्धार्थ म्युच्युअल फन्डको कोष प्रबद्र्धकको रूपमा सिद्धार्थ बैंक रहेको छ । साथै योजना व्यवस्थापकको रूपमा सिद्धार्थ क्यापिटल रहेको छ । १० करोड ४० लाख इकाई बिक्री गरी संकलन हुने १ अर्ब ४० करोड रुपैयाँ अधिकांस सेयर बजारमा नै लगानी गर्ने योजना रहेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले बताए ।

योजनामा लगानी गर्न चाहने लगानीकर्ताले प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १ सय इकाइका लागि निवेदन दिन सक्नेछन भने अधिकतम १४ करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । १० वर्षपछि लगानीकर्तालाई खुद सम्पत्ति मूल्यांकन गरी फिर्ता गर्ने गरी निष्कासन गर्न लागेको सो योजनाले बार्षिक औसत प्रतिफल २० प्रतिशत दिने प्रक्षेपण छ ।