अमेरिका गोलीकाण्ड: ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्। हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो।

ट्रम्प आफैँलाई पनि हिस्पानिक समुदायका मानिसविरुद्ध घृणा फैलाएको आरोप लागेको छ। ९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।

वासिङ्टन छोड्नुअघि आफू घृणा फैलाउने गोरा जातीको सर्वोच्चता चाहने वा अरू कुनै प्रकारको सर्वोच्चता चाहने समूहको विस्तार भइरहेको विषयमाू निकै चिन्तित भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

तर एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डिमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पको जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई पीडा पुगेकोू भन्दै ट्रम्पलाई भेट्न अस्वीकार गरिन्। एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ।

शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। गोलीकाण्डका संदिग्ध व्यक्तिलेयो आक्रमण टेक्ससमा हिस्पानिक अतिक्रमणको प्रतिक्रिया होू भन्ने शब्दहरू अनलाइनमा राखेको ठानिएको छ।

ती शब्दमध्ये केही अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार उल्लेख गरिरहने अतिक्रमण जस्ता शब्दसँग मिल्न गएका छन्। ट्रम्पले अमेरिका(मेक्सिको सीमाको प्रसङ्ग उल्लेख गर्दा अतिक्रमण भन्ने शब्द प्रयोग गरिरहन्थे।

प्रहरीले डेटनमा भएको आक्रमणको उद्देश्यबारे अझै केही निष्कर्ष निकाल्न सकेको छैन। तर उसले गोली चलाउने व्यक्तिले ूकुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेकोू प्रमाण फेला पारेको बताएको छ।

मानसिक रोगका कारण पछिल्ला गोलीकाण्ड भएको हो भन्ने ट्रम्पको भनाइसँग स्वास्थ्य सेवाकर्मीहरूले आलोचना गरेका छन्। बुधवार मात्रै राष्ट्रपति ट्रम्पले आफूले ूबिरामी मान्छेहरूको हातमा बन्दुक देख्न नसक्नेू अब ूमानिसहरूको पृष्ठभूमिको जाँच गर्नु पर्नेू बताएका थिए।