नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित, वितरण सुरु



लामो समयदेखि प्रकाशित हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिअनुसार असार अन्तिम साता राजनीतिक प्रतिवेदन प्रकाशित गर्न प्रेसमा पठाइएको थियो ।  प्रेसबाट पनि अहिले पार्टी कार्यालय धुम्बाराहिमा राजनीतिक प्रतिवेदन पुगेका छन् ।

कार्यालय मुख्यसचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रकाशित भएको प्रतिवेदनको वितरण पनि सुरु गरिएको छ । ‘पहिलो लटमा ३ हजार प्रतिवेदन छापिएका थिए । त्यसयता सबै गरेर २० हजारप्रति छापिएका छन् । अहिले वितरणको काम भैरहेको छ ।

पार्टी एकताको १४ महिना वितिसक्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशित नगरिएको भन्दै अध्यक्षद्वयको आलोचना भएको थिए ।
नेकपाले एकीकरणका काम पनि लगभग टुङग्याएको छ ।

खासगरी जिल्ला र गाउँ तहका कमिटीले पूर्णता पाएसँगै नेता कार्यकर्ताले राजनीतिक प्रतिवेदनको खोजी गरेका थिए । प्रतिवेदनलाई लिएर दवाव बढ्न थालेपछि विवादित विषयलाई तत्काल थाँती राख्दै प्रतिवेदन प्रकाशित गरेको हो ।