गुराँस लाइफ इन्स्योरेन्सको विक्रि प्रबन्धकमा एनएमबि क्यापिटल



काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच हकप्रद शेयर निस्काशन सम्बन्धि सम्झौता भएको छ ।

बिमा समितिको निर्देशन एवं चुक्ता पूँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००५ ९१ः१० हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

कम्पनीको मिति २०७५र१२र२१ मा सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्ता पुँजी रु। २ अर्ब पुर्याउन बिमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी रु। २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरि सकिएको छ ।