माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनी मृत फेला



माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत फेला परेका छन् । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । नयाँ पत्रिकाले समाचार लेखेको छ ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए ।

उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सिधा कुरा जनतासंगु कार्यक्रममा कार्यरत थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।