संसदमा राजेन्द्र मतोको प्रश्नः ‘कुन राजेन्द्रकोे नागरिकता रद्द भएको हो?’



सञ्चारमाध्यमहरुमा ’राजपा सांसद राजेन्द्र महतोको नागरिकता रद्द’ भएको समाचार आएपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाउनु भएकोछ ।

आज संसदमा विशेष समय लिएर सांसद महतोले यसबारे खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाउनु भएको हो ।

सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो भन्ने विषय स्पष्ट रुपमा नखुलाउँदा सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको बताउनु भयो ।