लक्ष्मी बैंकको १११औं शाखा काठमाडौंको भैंसेपाटिमा



काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आफ्नो १११औं शाखा काठमाडौंको  भैंसेपाटिमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।