शोभा, निरुता, लालु र करनको आवाजमा ‘घर घरकी काहानी’ (भिडियो)



पछिल्लो समय देउडा गीत सबैका लागी लोक प्रिय बन्दै गएको छ । सुदुर पश्चिम र मध्यपश्मिका बिभिन्न भु भागमा गाइने देउडा भाका पछिल्लो समय मुलुकव्यापी बन्दै गएको छ । सबै गाउन र सुन्न थालेका छन् देउडा भाका ।

देउडा गीत संस्कृती जोगाउनका लागि पछिल्लो समय त्यसक्षेत्रका कलाकारहरु पनि सक्रियरुपमा लागि परेका छन् । यसै बिच ४ जना गायक गायिको आवाजमा रहेको घर घर कि काहानी बोलको देउडा गीत सार्वजनिक भएको छ ।

गायिका शोभा थापा, निरुता खत्री, लालु रैकाल तथा करन बिकको अवाजमा रहेको गीतका शब्द रचना लालु र करनको संयुक्त रहेकोछ । गीतमा घरायसी किचलोको बिषयलाई चित्रण गरिएको छ ।

गीतमा रमेश बिजुली बिसी, सबिता सुनार, भिम बिक, चाँदनि बोगटी, र मिना शोवको अभिनय रहेको छ ।