‘विप्लव’ नेतृत्वको नेकपाप्रति कांग्रेसको कुनै सहानुभूति छैन: गगन थापा



नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कांग्रेसको कुनै सहानुभूति नरहेको स्पष्ट पार्नु भएको छ ।

द्वन्द्वका क्रममा माओवादीको त्रासले भाग्नेक्रममा छतबाट खसेर शारीरिक अपाङ्गता भएका काभ्रेका दीपेन्द्रराज गिरीले लेखेको आत्मकथा ‘विधाता’ पुस्तकको लोकार्पण गर्दै नेता थापाले हिँसाको राजनीति गर्नेलाई माफी दिनु नहुने धारणा राख्नु भयो ।

नेपालमा लामो समयसम्म भएको द्वन्द्व र हिंसाको राजनीतिले क्षति र्पुयाएकोप्रति इङ्गित गर्दै नेता थापाले ‘विप्लवको राजनीति मुलधारमा आउन आग्रह गर्नु भयो । बम, बारुद, गोला र हिंसाको राजनीतिमा काँग्रेसको कुनै सहानुभूति नभएको र नहुने प्रष्ट पार्दै सरकारले वार्ता गरोस भन्ने आफुहरुको चाहाना रहेको बताउनुभयो ।