बेपत्ता भएका बैतडीका एक युवक मृत फेला



तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–६ नगतडीका १८ बर्षीय दीपक महर रहेका छन्।

शुक्रबार बेलुका दशरथचन्द नगरपालिका–६ कन्सनीगाड खोलामा उनको शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

प्रहरीका अनुसार साउन १४ गते साँझ सदरमुकाम गोठलापानीबाट घर फर्केका महर बेपत्ता भएका थिए। मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल पुर्याएको छउनको  मृत्युको कारण भने खुल्न नसकेको र  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।