लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्री ओलीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सक्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि कोषलाई निर्देशन दिनुभएको छ ।

आज काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सार्नुभएको लुम्बिनी गुरुयोजना छिटो सक्न निर्देशन दिनुभएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने बताउनुभयो ।