‘बिच बिच’मा पछि दुर्गेशको अर्को गीतः ‘ज्वाई हजुर’ (भिडियो सहित)



‘बिचबिच’मा को अपार सफलता पछि गायक तथा मोडल दुर्गेश थापाको अर्को तीज गीत ‘ज्वाई हजुर’ सार्वजनिक भएको छ । रामचन्द्र काफ्ने र सान्ता खत्री कार्कीको आवाजमा रहेको यस गीतमा दुर्गेशले अभिनय नृत्य गरेका छन् ।

गीत दुर्गेश थापा युट्यूव च्यानलबाट सार्वजनिक भएको हो । सान्ता खत्री कार्कीको शब्द तथा रिमेश कुमारको संगीत रहेको गीतमा दुर्गेश र उत्सले अभिनय गरेका छन् । असोक बिकले भिडियोको निर्देशन गरेका छन् ।

दुर्गेशको यस अघि सार्वजनिक भएको तीज गीत ‘बिच बिच’माले निकै सफलता कमाएको छ ।