आज देशभर मौसममा बदली, मेघ गर्जनसहित वर्षा हुने

दिउँसो आंशिक देखि सामान्य बदली, मेघ गर्जन चट्याङ्सहित हल्का वर्षा


मुलुकभर शुक्रबारको मौसम बदली भएर केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ ।

देशभर दिउँसो भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।