बरामद बन्दुकबाट गोली नचलेको पुष्टि, थप अनुसन्धान जारी

घट्नाले लियो नयाँ मोड


काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुबै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ ।

उक्त घट्नाको अनुसन्धानमा छिमेकी शोभाकर खनालको घरमा भेटिएका दुई हतियारको फरेन्सिक जाँचका लागि सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको र व्लाष्टिक रिपोर्टमा ती दुबै हतियारबाट गोली नचलेको उल्लेख भएपछि सो घट्नाले नयाँ मोड लिएको छ ।

बरामद भएका दुवै हतियार खनालले मस्कोबाट ल्याएको बताएका थिए । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शोभाकर खनाललाई सोधपुछका लागि केही समय नियन्त्रणमा लिएर छाडेको थियो ।

खनालको घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोलीको विषयमा भने प्रहरीले वैज्ञानिक छानविन थालेको थियो ।