योगेशलाई गगनले शुभकामना दिदै भने “दाइ, तपाईको सफलता हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको विश्वाससँग जोडिएको छ”



आज मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका योगेश भट्टराईलाई बिभिन्न तरहबाट शुभकामनाको ओइरोनै लागेको छ । नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले पर्यटनमन्त्रीको सपथ पनि आजै लिइसकेका छन् ।

यससंगै उनलाई बिभिन्न राजनीतिदलका नेताहरुले शुभकामना दिएका छन् । कांग्रेसका नेता गगन थापाले नवनियुक्त मन्त्री भट्टराईलाई शुभकामना दिएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले ट्विट गरेर शुभकामना दिए ।

उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् । उनले शुभकामना दिँदै “दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।”

यस्तै उनलाई नेकपाका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार बिष्णु रिमालले पनि शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै भनेका छन् “कमरेड योगेश,सफल कार्यकालको शुभकामना सहित, हार्दिक बधाई ।”