काँग्रेस र राजपाका सांसदहरुको बिरोधका कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित



काँग्रेस र राजपाका सांसदहरुको बिरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेपछि बैठक स्थगित भयो ।

सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाए । सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसनग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गर्दै नाराबाजी गरिरहे ।

विपक्षीले नाराबाजी नरोकेपछि सभामुख महराले बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।