योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको सपथ



नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आजै ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।