सज्जनको तीज कोशेलीः ‘टल्कियो सितारा’ (भिडियो)



काठमाडौँ- नेपाली नारीहरुको महान चाँड हरितालिका तिज आउन अब केहि दिन मात्रै बाँकी छ ।

यति बेला कलाकारहरु तीजका गीत सार्वजनिक गरिरहेका छन् । कलाकारहरुका तीज लक्षित गीतहरु सार्वजनिक भैरहेका बेला लोकप्रिय गायक सज्जन धामीको आवाजमा रहेको यस बर्षको तीज गीत सार्वजनिक भएको छ ।

गायक धामीको मौलिक तिज गीत ‘टल्कियो सितारा बोलको गीत सार्वजनिक भएको हो । गीतमा सज्जनलाई गायिका सोनिया डिसीले आवाजमा साथ दिएकी छन् ।सिमा चन्दको लय, तथा शब्द सिर्जना रहेको गीतमा प्रिती मंगोल र महेश भट्टको नृत्य छ ।

दिनेश ठकुल्लाको निर्देशनमा तयार भएको गीतको भिडियोमा विरेन्द्र परियारको छायाँकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।