‘सुदुरपश्चिम कलाकार मञ्च’को घोषणा सभा असोज १२ गते धनगढीमा



काठमाडौँ -सुदुरपश्चिम कलाकार मञ्चको घोषणा सभा असोज १२ गते हुने भएको छ । मञ्चको आईतवार बसेको दोश्रो बैठकले असोज १२ गते घटस्थापनाको दिन धनगढिमा सँस्थाको घोषणा सभा र बृहत् साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

“मञ्चको आइतवार दोश्रो बैठक सम्पन्न भयो, संगठन निर्माण प्रकृया जारि छ” गायक भुवन प्रकाश बडुले भने “बैठकमा सँस्थाको विधान अनुमोदन पनि गरियो ।” बडुले भने “२०७६ असोज १२ गते घटस्थापनाको दिन धनगढीमा सँस्थाको घोषणा सभा र बृहत् साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।”