माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै

सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक हुने


काठमाडौं, साउन ।  माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ (एसएलसिइ) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।

बोर्ड स्रोतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरेको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।

अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएकाे हाे । दुई वर्षअघिसम्म साइन्स समुहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागि भएका थिए ।