रेखाले टंकलाई भनिन् ‘बनाई देउन सुनको नौगेडी मयालु’ (भिडियो सहित)



काठमाडौँ । गायिका रेखा जोशीको आवाजमा रहेको यसबर्षको तीज गीज ‘नौगेडी’ सार्वजनिक भएको छ । गीत गायक टंक तिमिल्सैनाको युट्यूव च्यानलबाट आइतबार सार्वजनिक भएको हो ।

शिव अखेलीको शब्द संगीत रहेको गीतमा गायिका जोशी र गायक दिनेश केसीको स्वर छ । गीतमा गायक तथा मोडल टंक तिमिल्सैनाको अभिनय छ भने मोडल तथा डान्सन रिना थापाले उनलाई साथ दिएकी छन् ।

भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । गीतमा प्रेमी प्रेमीका मायालु परिवेशलाई समेटिएको छ, भने तीजमा प्रेमिकाले लगाउने सुनका बिषयमा शब्दहरु चयन गरिएका छन् ।