प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव



कर्णाली प्रदेश सरकारको मfतहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।

इन्जेक्सन, सिफेकजन, एमपी, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव भएको हो। दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरीद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन्।

बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन्। बिमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन्। अस्पतालका प्रमुख डा केसर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताए।

कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उनले बताए।

निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन छाडेको नलगाड नगरपालिका–६ का थलबीर दमाइले बताए। महिना दिन अघि नै औषधि सकिएको प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ।