शिखर नगरपालिकाको वडा कार्यालयमा अज्ञात समूहद्धारा आगजनी



डोटीको शिखर नगरपालिका वडा नं ७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति करिब ११ बजे तिर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।

लाटामाण्डौमा रहेको उक्त कार्यलयमा अहिले बिहान सम्म पनि आगो बलिरहेको स्थानियहरुले बताए छन् । आगलागीवाट वडा कार्यलयका दुई वटा कोठामा क्षेति भएको छ ।

यद्धपी हलमा भने क्षेति भएको छैन् । प्रहरी अहिले घटना स्थलमा रहेको र थप विवरण आउन बाकि रहेको छ । आगलागी किन र कसले गरेको भन्ने बारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।