‘शिशिर’को अर्को बियोगान्त गीतः ‘नजा मलाई छोडी’



गायक धर्मराज न्यौपाने ‘शिशिर’को अर्को निकै बियोगान्त देउडा ‘नजा मलाई छोडी’ सार्वजनिक भएको छ । केहि समय अघि मात्रै सार्वजनिक भएको न्यौपानेको ‘भन्देउ चरि रुनु पर्दैन’ले चर्चा पाएको थियो ।

निकै सुरिलो आवाज भएका गायक न्यौपानका पछिल्ला गीतहरु चर्चित हुदै गएका छन् । चर्चित गायिका शान्ति श्री परियारसंगको ‘भन्देउ चरि रुनु पर्दैन’ बोलले पनि राम्रो चर्चा पाएको थियो ।

यसअघि ‘कालिकोटको कालो’ बोलको देउडा गीत निकै चर्चित बनेको थियो गायक न्यौपानेको । प्रेम र बिछोडको बियोगान्त कथालाई समेटेर तयार पारिएको गीतमा गायक न्यौपानेलाई गायिका सजिप्ता बमले साथ दिएकी छन् । यो गीतमा शब्द, संगीत पनि न्यौपानेकै रहेको छ ।

गीतको भिडियोमा आशा खड्का जनराज बम र स्वर्णिम शाही, झरना बोहरा, निर्मला आचार्यले निकै लोभ लाग्दो अभिनय गरेका छन् । यो गीतको भिडियो निकै भावुक छ ।