बहु–प्रतिभावान राजः निर्देशक देखि चित्रकारसम्म



काठमाडौँ । हरेक मानिसमा बिभिन्न कलाहरु हुन्छन् नै । फरक यत्ति हो कोहिसंग थोरै त कोहिसंग धेरै । मानिस बहुप्रतिभावान पनि हुन्छन् । एक जना व्यक्तिले धेरै क्षमता राख्द छ । मानिस जन्मसिद्ध कलावान त हुदैन ।

तर उसको लगनसिलता र मिहेनतमा धेरै किसिमले भर पर्छ । कलाकार बन्न त्यति सजिलो पनि छैन । निरन्तर संघर्ष, मेहनत र परिश्रमले नै यो क्षेत्रमा पनि कलाकारको ट्याग भिड्न पाईन्छ । सबै कलाकारका आ-आफ्नै वेदना छन् ।

 त्यसमध्य एक कलाकार हुन् राज केपी । केपी म्यूजिक भिडियो निर्देशक हुन् । भिडियो निर्देशक मात्रै होइनन, गायक, र गीतकार पनि हुन् उनि। केपीले कला क्षेत्रमा करिब एक दशक बिताईसकेका छन् ।

कलाकारितामा अभिनय गर्दै, शब्द रचनाकार हुदै म्यूजिक भिडियो निर्देशनमा दख्खल राख्दछन् राज केपी ! सांगितिक क्षेत्रमा चारै तिर फिट केपीको परिचय यत्तिमा मात्रै सिमित छैन् उनी एक सफल बलिउड अभिनेता पनि हुन् ।

भारतको मुम्बइबाट जनहितमा, प्रसारण हुने कार्यक्रम ‘क्राइम पेट्रोल’का अभिनेता र सिरियल असिसटेन्ट निर्देशक पनि हुन् । लाकारितामा दख्खल राख्ने उनी प्रविधिमा पनि कम छैनन् । म्यूजिक भिडियो, फोटो सम्पादन तथा पोष्ट निर्माणमा पनि उनी पोख्त छन् ।

उनि स्क्रिप्ट राइटर, ग्राफिक्स डिजाइनर, चित्रकार, कराते गेमका ब्ल्याक बेल्ट र राम्रो फुटबल खेलाडी पनि हुन् । बहुप्रतीभाका धनि राज फोटो आर्टमा पनि पोख्त छन् । उनले केहि व्यक्तिहरुको पेन्सिलबाट फोटो आर्ट गरेका छन् ।

पेन्सिलबाट फोटो कोर्ने सक्ने क्षमता भएका केपी बहुआयामी कलाकार हुन् । कलाकारिता उनको पेशा हो । तर उनि चित्र कोर्ने कला भएपनि यसलाई व्यबसायी भने नबाएको बताउछन् ।

हेरौ उनले कोरेका पेन्सिल तस्विर