साम्राज्ञीको अर्को तस्विर



आफ्ना प्रेमिसंगका केहि अन्तरंग तस्विरहरु सार्वजनिक गर्दा बिवादमा तानिएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको पुनः अर्को तस्विर बाहिरिएको छ । नयाँ तस्बिरमा साम्राज्ञी र उनको प्रेमीले किस खाइरहेका छन् । प्रेमि संग खिचेका कामुक तस्बिरले उनलाई विवादमा तानिरहेको छ ।

तर पनि उनि निरन्तर प्रेमिसंगका तस्विरहरु सार्वजनिक गरिरहेकि छन् । समाजिक संजालमा यतिबेला उनको चर्को आलोचना भईरहेको छ । उनका एक पछि अर्को गर्दै केहि कामुक तस्विरहरु सार्वजनिक भैरहेका छन् । तस्विरलाई लिएर दर्शकहरुले गरेको आलोचनामा पनि उनि दर्शकहरु बिरुद्ध खनिइन् ।

साम्राज्ञीले आफ्नो आलोचना गर्नेलाई कुकूरको संज्ञा दिएकी थिईन । आलोचकहरुलाई कटाक्ष गर्र्दै ‘हाथी चले बजार, कुत्ते भोके हजार’ भनेर टिप्पणी गरेकि थिइन ।उनको अभिनय रहेको पछिल्लो फिल्म ‘मारुनी’ भदौ १३ मा प्रदर्शनको तयारीमा छ । रातो टीका निधारमाको छायांकन सकेर उनी आफ्नो प्रेमी संग बाली पुगेकी हुन ।