निरुताको ‘जिन्स पाइन्ट लाउँदी’ (भिडियो सहित)



गायिका निरुता खत्रीको देउडा गीत “जिन्स पाइन्ट लाउँदी” सार्वजनिक भएको छ । गीतमा चर्चित देउडा गायक भुवन दाहाल र निरुता खत्रीको आवाज छ ।

गीतका शब्द महेश कार्कीले लेखेका हुन भने विजय कुमार थापा मगरले संगीत भरेका हुन । भिडियो निर्देशन भिम बिष्ट (अछामी रेखा थापा)ले गरेका हुन । अमित बिकले छायांकन गरेको भिडियोको सम्पादन कृष्ण बिसीले गरेका हुन ।

भिडियोमा अछामी रेखा थापा, स्मृती, दिपेन्द्र जंग लगायतको अभिनय रहको छ । पछिल्लो समय देउडा गीत संस्कृतीमा भित्रिएको छाडापन र हराउन थालेको संस्कृतीलाई जगाउन मद्यत पुग्ने गीतका शब्दहरु छन् ।

सुदुर पश्चिमको पहाडि अछाम जिल्ला जन्मथलो भएकी गायिका खत्री बिशेषगरि लोक तथा देउडा गायिका हुन् । बिगत केहि बर्षयता गीत संगीतको दुनियामा रमाई रहेकी खत्री सुदुर मध्यका दर्शक तथा श्रोताहरुका माझमा लोक प्रिय बन्दै गएकी छन् ।

लामो समय सञ्चार क्षेत्रमा कृयाशिल रहेर कलाकारितामा हाम फोलेकी निरुता अहिले गीतसंगीत गाउने तथा अभिनय गर्ने कार्यमा छन् ।