रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी



 रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।