आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी गतिविधि सक्रिय


काठमाडौँ । मनसुनी गतिविधि सक्रिय हुने क्रम बिस्तारै कम हुँदै जाने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सर्ने देखिएको र त्यसले गर्दा मनसुनी गतिविधि कमजोर हुने मौसमविदले बताएका छन् । हाल देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ ।