आईसीसी टि २० विश्वकप क्रिकेट: नेपाल कतारसँग ४ विकेटले पराजित



आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।

नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो । सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ ।