५ महिनामा ‘लालुमै’लाई २ करोड भ्यूज

७ हजार ७ सय १० प्रतिकृया, १लाख १० हजार लाईक, र ११ हजार डिस्लाईक


पछिल्लो समय नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दोछ । सबैले लोक गीत सुन्न थालेका छन्। यससंगै नेपाली दर्शक तथा श्रोतामाझ लोक लयका गीतहरु प्रिय लाग्न थालेका छन् ।

जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले श्रोताहरूको संख्या बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतले नेपालीपन समेट्ने गरेको छ।

पछिल्लो समयका लोक गीतहरुमा भिडियो निर्माण, देखि शब्द छनौट, र संगीत संयोजनमा पनि श्रष्टाहरुले निकै मिहेनत गर्न थालेपछि गीत संगीतले श्रोताको मन जितेको आकंल सहजै गर्न सकिन्छ ।

यसै बिच यस बर्षको सर्वाधिक चर्चामा रहेको लोक गीत मध्यको एक हो, लालुमै । लालुमैले ५ महिनाको अवधिमा २ करोड भ्यूज पाएको छ । बहु चर्चित लोक गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत लालुमै करिव ५ महिना अगाडी सार्वजनिक भएको थियो ।

गीतकार शिब हमालको शब्द संगीत रहेको गीतमा सन्दिप र मोडल श्रृष्टी खड्काको अभिनय छ । नेपालको लोक संगीतमा आधुनिक बाजाहरू भित्रिएका छन् भने लोकगीतको स्तर  ह्वात्तै बढेको लोक कलाकारहरु बताउछन् ।

माया, प्रेममा आधारित रहेर निर्माण गरिएको गीतका गायक न्यौपाने लालुमैले २ करोड दर्शकको मन जित्दा हर्षित तुल्याएकमो बताए । युट्यूवमा गीतमा ७ हजार ७ सय १० प्रतिकृया आएका छन् । गीतलाई १लाख १० हजारले मन पराएको र ११ हजारलाई भने मन पराएनन् ।