म्यान्चेष्टर युनाईटेडद्वारा ईन्टर मिलान पराजित



इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यान्चेष्टर युनाईटेडले ईन्टर मिलानलाई पराजित गरेको छ । गएराति सिंगापुरमा भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले ईटालीको ईन्टर मिलानलाई १–० ले हराएको हो ।

युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा निर्णायक गोल गरे । गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । अर्को खेलमा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ ।