कैलाली बम काण्डः घटनामा पार्टीको संलग्नता नरहेको ‘विप्लव समुह’को दावी



कैलालीको धनगढिमा भएको बिष्फोट घटनाबारे नेत्र विक्रम चन्द्र विप्लव नेकपा कैलालीले आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ । सञ्चारमाध्यममा घटनामा विप्लव घटनामा नेकपाको हात रहेको आशंकासहितको समाचार आएरहदा उक्त समुहले आफ्नो कुनै संलग्नता नरहेको दाबी सहित प्रष्ट पारेको हो ।

एक विज्ञप्ती जारी गर्दैै नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । विज्ञप्तीमा उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ ।

अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’ विस्फोट गराउने नीति पार्टीको नभएको उनले बताए ।