धादिङ कांग्रेस नेता रामप्रसाद खनालको निधन,पार्टीद्धारा शोक विज्ञप्ति जारी



धादिङः कांग्रेस जिल्ला कार्यसमिति धादिङका पूर्वसदस्य समेत रहेको नेता खनालको बुधवार निधन भएको छ । गजुरी गाउँपालिकाको आदमघाटस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. २०१४ साउन १४ गते धादिङको साविक कल्लेरी गाविसको मुलाबारीमा जन्मीएका ६३ बर्षीय खनाल लामो समयदेखि मस्तिष्क पक्षघातबाट पिडित थिए ।

खनालको निधनप्रति गहिरो दुः ख प्रकट गर्दै कांग्रेस धादिङले शोक विज्ञप्ति जारी गरेको छ । खनालको निधनले नेपाली कांग्रेस मर्माहत भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । खनाल वि.सं.२०५३ देखि २०५७ साल सम्म तत्कालीन कल्लेरी गाउँ सभापति थिए । उनि ११ औं महाधिवेशनबाट कांग्रेस जिल्ला कार्यसमितिको सदस्यमा निवाचित भएका थिए ।

वि.सं. २०६७ देखि वि.सं. ०७२ सम्म जिल्ला कार्यसमितिको सदस्यमा भएका उनको नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा स्मरणीय भूमिका रहेको छ । उनको निधनले लोकतान्त्रिक आन्दोलन, समाज रुपान्तरण र पार्टी संगठनमा अपूरणीय क्षति पुगेको कांग्रेस धादिङका सभापति रमेश धमलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।