तीज गीत: ‘लालुमै’का सन्दिप र ‘गलबन्दि’की अन्जलीको धमाकेदार नृत्य



काठमाडौँ – पछिल्लो समय गीत संगीत पारखीहरुले धेरै सुनेको नाम हो, सन्दिप न्यौपाने । सन्दिपको नाम किन पनि धेरैले सुने भन्ने यो प्रश्नको जवाफ हो लोक गीत ‘लालुमै’ । उसो त उनलाई ‘लालुमै’ मात्रै गाएर सबैले चिनेका भन्ने होइन ।

तर यो गीतले धेरै जनाको समुहमा चिनाउन निकै ठुलो मद्दत भने गरेको हो । आज भन्दा केहि समय पहिला लोक दोहोरिक्षेत्रका गीत संगीतमा छाडापन र असभ्यता बढि भएको गुनासो धेरै आए ।

तर अब भने लोकगीतहरु सभ्य र लोक संस्कृतीकापक्षसंगै जोडिएर आए है भन्ने भान पारि सकेको छ । ‘लालुमै’ जस्ता थुप्रै गीतले । पछिल्लो समय लोक तथा दोहोरि गीतहरु मौलिक्तामा जोडिएर नै आइरहेको भान हुन थालेको छ । चर्चित गीत ‘सालको पात टपरि’, ‘लालुमै’ ‘छिपछिपे पानीमा लेउ’, ‘पिडालु’, ‘लाउछ माया’, लगाएतका जस्ता अन्य थुप्रै गीत आउनु यो सुखद पक्ष हो ।

‘लालुमै’ले आजसम्म युट्युवमा करिव २ करोड भ्यूज पाएको छ । चर्चित गीतकार शिव हमालको शब्द संगीतमा बहु चर्चित गायिका बिष्णु माझी र गायक न्यौपानेको स्वर छ । गीतले युट्युवमा १ लाख १० हजार लाईक पाएको छ भने ११ हजार डिस् लाईक पाएको छ । दर्शकहरुले अत्यन्तै मन पाराएको लालुमैलाई करिव ८ हजार प्रतिकृया दिएका छन् ।

(लालुमै गीत हेरौ)

यो गीतले सन्दिपलाई नेपाली गायककोरुपमा चिनाउन धेरै ठुलो भुमिका खेल्यो । उनि समग्र कलाकारितामा गायक मात्रै नभई अभिनयमा पनि पोख्त छन् । लालुमैमा पनि उनले आफैले अभिनय गरेको थिए ।

अहिले पनि निरन्तर आफु गीत संगीतमै रहेको न्यौपाने बताउछन् । गीतहरु गाउने देखि अभिनय गर्नमा उनि व्यस्त छन् । अहिले नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालीका तीजको रौनक छ । कलाकारहरु तीज गीतकै तयारीमा व्यस्त छन् ।

गायक सन्दिपको पनि भर्खरै तीज गीत सार्वजनिक भएको छ । गायिका तृप्ती खड्का, रेश्मा केसी र न्यौपानेको आवाजमा ‘नेटो काटम यसपाली’ सार्वजनिक भएको हो । पार्वती थापाको शब्द र तृप्ती खड्काको संगित रहेको उक्त गीतमा सन्दिप न्यौपाने, बिजय गुरुङ, अन्जली अधिकारी, र करिश्मा ढकाल, छन् ।

(तीज गीत हेरौ)