काठमाडौंमा बिहानै वर्षा, बस्ती डुबानमा 



आज विहान परेको पानीका कारण काठमाडौंका केही क्षेत्र डुबानमा परेका छन् । काठमाडौंका नदी तथा खोला आसपासका क्षेत्र डुबानमा परेका हुन् । विहान ४ बजेपछि परेको पानीले कालीमाटी, कलंकी, सामाखुशी लगायतका क्षेत्र डुबानमा परेका छन् ।

बागमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायतका खोलामा पानीको बहाब उच्च रहेको छ । खोलाको पानी बस्तीमा पसेपछि खोला किनाराका बासिन्दा प्रभावित बनेका छन् ।