मुख्यमन्त्री कार्यालयमा राउटे अगुवा



काठमाडौं । लोपोन्मुख जाती राउटे समुदायमा खाद्यान्नको समस्या भएपछि खाद्यान्न माग्न कर्णाली मुख्यमन्त्री कार्यालय पुगेका छन् । राउटेको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेको समाचारमा जनाइएको छ ।

शुक्रबार राउटेका मुखिया सूर्यनारायण शाहीले जंगलमा सिकार पाइन छोडेको र आफ्ना जनताहरु भोक–भोकै भएको भन्दै रासन लगायत बन्दोबस्तका समाग्री माग्न कार्यालय पुगेका मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए ।

वर्षतको समय सुरु भएको भन्दै उनीहरुले त्रिपाल, लगत्ता कपडालगायत वस्तुहरु पनि माग गरेका छन् । राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामानहरु बन्दोबस्त गरिदिने आवश्वासन दिएका छन् ।