सर्वदलिय बैठकको निष्कर्ष : लोकतन्त्र र संविधान गम्भीर संकटमा पर्यो त्यसलाई बचाउनुपर्छ



काठमाडौं । अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने सर्बदलिय बैठकले निष्कर्ष निकालेका छन् ।

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले जानकारी दिए ।

यस्तै सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको ठहर गरेका छन्। सभामुख अग्नी सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेता, प्रधानमन्त्री वली सहित पुर्वप्रधानमन्त्रीहरुलाई अहिलेको समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाएका थिए ।