पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते



काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरन्य ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।