ढुवानी सहजताका लागी पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने



काठमाडौँ । पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरिने भएको छ । पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको बैठकले पाठ्य पुस्तक ढुवानी सेवा सहज गराउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु गर्ने तयारी भएकामा निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाको अवधीमा ढुवानीमा समस्या देखिएको छ ।

समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न अनुरोध गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा तहगत कक्षाका पुराना छापिसकिएका पुस्तकका पाठका नयाँ पाठ्यपुस्तक बाहेक० पेज छापेर पाठ्यपुूस्तकमा समावेश गरी तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।