गण्डकीमा काँग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश



काठमाडौ. । गण्डकीमा काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।  प्रदेश प्रमुख सीता पौडेलले आजै बैकल्पिक सरकार गठनका लागी २४ घण्टा समय दिएर आह्वान गरेकी थिइन् ।

त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष दावी पेश गरेका हुन् ।

सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।

६० सदस्यीय प्रदेश सभामा उनले ३१ सांसदको समर्थन पाएका छन् । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । उनि पदमुक्त भएपछि नयाँ सरकार गठनका लागी बाटो खुलेको हो ।