२४ घण्टामा ३७५० संक्रमित थपिए, थप ५२२५ जना संक्रमणमुक्त



काठमाडौं । गत २४ घण्टामा नेपालमा ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

त्यस्तै २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको मन्त्रालयको तथ्याङ्क छ ।