नागकरिकता सम्बन्धी अध्यादेश रोकिँदा समस्या भयावह हुन्छ, सर्बोच्चको आदेश गलत : ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्बोच्च अदालतको नागरिकता सम्वन्धी अध्यादेश रोक्ने आदेश गलत भएको औँल्याएका छन् ।

ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने भन्दै सर्बोच्चले यस्तो निर्णइ गरेर गलत गरेको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश जारी भएको छ ।