गण्डकीमा मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान, २४ घण्टा समय



काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागी दावी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

यसअघी बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भए । पदमुक्त भएसंगै नयाँ सरकार गठनका लागी बाटो खुलेको हो ।