असंवैधानिक तवरले सरकार गठन भएको भन्दै सुदूरपश्चिम सरकारविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । असंवैधानिक तवरले सरकार पुर्नगठन गरिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै कानुन व्यवसायी र कानुनका विद्यार्थीले रिट निवेदन दर्ता गरेका हुन् ।

संवैधानिक व्यवस्था हनुसार ५३ सदस्यीय प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बढीमा १० जना मात्रै मन्त्री बनाउन पाइने भएपनि ११ सदस्यीय मन्त्रिमण्डल बनाइएकाले त्यसलाई बदर गर्न माग गर्दै सर्बोच्चमा रिट परेको हो ।