मन्त्री सहभागी नभएपछि गण्डकी प्रदेशसभा बैठकमा सत्तापक्षकै अवरोध, ५ मिनेटमै स्थगित



काठमाडौं । सत्ता पक्षकै अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक ५ मिनेट मात्रै संचालन भएर स्थगित भएको छ । गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक सत्तारुढ दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले मन्त्री उपस्थित नभएको भन्दै अवरोध गरेका हुन् ।

उनिहरुले सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने बताएका थिए । अबे बैठक जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।